२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

पूर्वमन्त्रीले पाँच हजार घुस दिएको विषयमा प्रधानमन्त्रीलाई रुलिङ गराई तीन दिनभित्र संसदमा जवाफ दिन कांग्रेसको माग

पूर्वमन्त्रीले पाँच हजार घुस दिएको विषयमा प्रधानमन्त्रीलाई रुलिङ गराई तीन दिनभित्र संसदमा जवाफ दिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्रीले काम गराउन पाँच हजार घुस दिनुपरेकोबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले पूर्वमन्त्री वीरेन्द्र महतोले काम गराउन पाँच हजार घुस दिएकोबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले यस विषयमा शिक्षा, गृहमन्त्री र प्रधानमन्त्रीलाई रुलिङ गराई तीन दिनभित्र संसदमा जानकारी गराउन सभामुखसमक्ष माग गरे ।

उनले भने, ‘यही साउन ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सांसदले पाँच हजार घुस दिएर आएको कुरा संसदमा बोल्नु भएको थियो । उहाँले आफ्नो छोराको सर्टिफिकेट प्रमाणिकरणका लागि पाँच हजार घुस दिएको अभिव्यक्ति दिनुभयो। यस विषयमा सभामुखबाट रुलिङ हुनेछ भन्ने लागेको थियो । तर हुन सकेन । तीनभित्र यस विषयमा संसदमा जानकारी गराउन आग्रह गर्न चाहन्छु ।’

उनले घुस दिने र लिनेबीच छानबिन हुनुपर्ने बताए । उनले भने, ‘मेरो आसय घुस दिने शुत्र हुन् भन्ने होइन। तर, यत्रो काण्डमा पनि संसद स्तब्ध भएर बसेको छ। घुस खानेहरू बसिरहेका छन्। त्यसैले यो विषयमा छानबिन हुनुपर्छ।’

साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा छोराको सर्टिपिकेट ’समकक्षता’ आफूले ५ हजार घुस दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij