२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पोखराको जुवाखालबाट मुस्ताङका गाउँपालिकासहित ७ जना पक्राउ

पोखराको जुवाखालबाट मुस्ताङका गाउँपालिकासहित ७ जना पक्राउ

पोखरा- पोखरामा प्रहरी नियन्त्रणमा भएका ७ जना जुवाडेमध्ये एक जना गाउँपालिका अध्यक्ष भएको पाइएको छ।  पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ पनि बरामद गरेको छ।  पक्राउ परेका गाउँपालिका अध्यक्षले आफ्नो नाम पनि ढाँटेर मोहन थकाली भनेका थिए।

लालचनसहित  मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि आज जिल्ला अदालत कास्कीबाट म्याद थप गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij