२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पूर्वसचिव भीम उपाध्यायविरुद्ध उजुरी

पूर्वसचिव भीम उपाध्यायविरुद्ध उजुरी

काठमाडौँ- पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी मुद्दामा उजुरी दर्ता भएको छ।

चितवनकी एक महिलाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरी गलत भ्रम फैलाइएको भन्दै बिहीबार उजुरी दर्ता भएको हो।

भरतपुर महानगरपालिका १६ की पूर्णीमाया गुरुङले उपाध्यायविरुद्ध उजुरी दिएकी हुन्। उनले उपाध्यायले आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए।

उनका अनुसार दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालिएको थियो।

तर रमाइलोका लागि हालेको उक्त भिडिओबाट फोटो काटेर अहिले धरानको गोरु खानेहरुसँग जोडेर आफ्नो बदनाम गरिएको उनले बताएकी छन्।

उनले गोरुको मासु खाने धरानेहरुसँग आफ्नो कुनै सम्पर्क नरहेको पनि बताएकी छन्।

‘२०२२ फेब्रुअरी २१ तारिखमा माइती गाउँमा भात खुवाई कार्यक्रम थियो’, उनले भनेकी छन्, ‘राँगाकोहड्डी भाइले ठूलो ल्याइदिएको थियो। दुई वर्षअघि मैले रमाइलोका लागि उक्त भिडिओटिकटकमा हालेको थिएँ। अहिले त्यही भिडिओको स्क्रिन सर्ट लिएर मेरो बदनाम गरियो। मैलै आजसम्म गोरुको मासु खाएको छैन।’

उपाध्यायसहितले आफ्नो मानहानी गरेको भन्दै उनले कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेकी छन्। आफ्नो छोराले आमाको फोटोको दुरुपयोग गरिएको भन्दै हटाउन आग्रह गर्दा पनि नमानेको गुनासो पनि गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij