२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

ललिता निवास प्रकरणमा २ सय ८६ जना प्रतिवादी, को को परे ?

ललिता निवास प्रकरणमा २ सय ८६ जना प्रतिवादी, को को परे ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा दुई सय ८६ जनालाई प्रतिवादी बनाएको छ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई साक्षीमात्र बनाए पनि दुई सय ८६ जनालाई भने सीआईबीले प्रतिवादी बनाएको हो ।

सर्वोच्च अदालतले नियन्त्रणमा लिएर बयान लिन सक्ने आदेश गरेको भए पनि सीआईबीले भने पूर्वप्रधानमन्त्रीद्धयलाई उनीहरुकै घरमा पुगेर औपचारिकताका लागि बयानमात्र लिएर छाडेको हो ।

यसले उनीहरु यति ठूलो मुद्दाका साक्षीमात्र भएका छन् । सीआईबीले ५७ दिन लगाएर तयार पारेको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई मंगलबार बुझाएको थियो ।

२०४९ सालदेखि २० वर्षको अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी सरकारी जग्गा तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवार र भूमाफियाले हडपेका थिए ।

प्रहरीको रायसहितको प्रतिवेदनलाई अन्तिम रूप दिएर अभियोजन गर्ने अधिकार सरकारी वकिल कार्यालयलाई हुन्छ । शुक्रबारसम्ममा प्रतिवदेन अध्ययन गरी मुद्दा लगिने छ । ६० दिनभित्र मुद्दा चलाउनुपर्छ ।

यी हुन् २८६ प्रतिवादीहरु :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij