२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

भ्रष्टाचारका फाइल खोल्छु भनेर नधम्क्याउन गृहमन्त्रीलाई एमालेको चेतावनी

भ्रष्टाचारका फाइल खोल्छु भनेर नधम्क्याउन गृहमन्त्रीलाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले गृहमन्त्रीलाई जति दिन पदमा हुनुहुन्छ खोजीखोजी सबै भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन् ।

उनले फाइल खोल्छु भनेर नधम्क्याउन चेतावनी दिए । उनले भने, ‘यो सदनमा हामी माग गर्न चाहन्छौं, जति दिन सरकारमा बस्नुहुन्छ कहाँ, कुन फाइल कसरी खोल्नुपर्ने हो, खोल्नुस् । धम्की दिएर मात्र पुग्छ ? तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ?’

उनले राष्ट्रिय सहमतिको सरकार बनेपछि त्यो गोप्य सूचना दिन पनि आग्रह गरेका छन् । उनले सरकार अल्पमतमा पर्दा पनि रास्वपाका मन्त्रीहरुले साथ दिइरहनुमा पनि आशंका व्यक्त गरे ।

उनले भने, ‘सरकार बहुमत रहँदा केही दलका मन्त्रीहरु गोजीमा राजीनामा पत्र बोकेर हिँड्नुभयो । अहिले सरकार प्रत्यक्ष अल्पमतमा परेको छ । ती साथीहरुको गोजीमा रहेको राजीनामा कहाँ पुग्यो होला ?

उनले प्रधानमन्त्रीले कानेखुशी गरेको भरमा उनीहरु रोकिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij