२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

अल्पमतमा परिसकेका प्रधानमन्त्रीले एक सेकेण्ड पनि पदमा बस्न मिल्दैनः सांसद गैरे

अल्पमतमा परिसकेका प्रधानमन्त्रीले एक सेकेण्ड पनि पदमा बस्न मिल्दैनः सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैकठमा सांसद गैरेले अल्पमतमा परिसकेका प्रधानमन्त्रीलाई एक सेकेण्ड पनि अब सरकारमा बस्न नमिल्ने बताएका हुन् ।

उनले देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको आरोप लगाए ।

उनले भने, ‘बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ । तर अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ। देशमा यस्तो अवस्था हुँदा प्रधानमन्त्रीज्यू संविधानमा प्वाल खोजिरहनुभएको छ। देशलाई अस्थिरतामा लान सकिन्छ कि भनेर प्रयत्न गरिरहनुभएको छ ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाउन सुझाव दिए । उनले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले, भन्दै गीत गाएर बसेको छ। बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij