२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्रीहरु

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्रीहरु

काठमाडौं । राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै राजीनामा नदिन आग्रह गरेपछि फिर्ता भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । मन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले चाँडै विश्वासको मत लिने बताएका थिए ।

परियारले भने, ‘प्रधानमन्त्रीले अहिले राजीनामा नदिनुस्, मैले चाँडै नै विश्वासको मत लिन्छु भन्नुभयो । हामी त्यसबेलासम्म पर्खिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij