२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

अब गृहमन्त्रीले मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छः मुकुल ढकाल

अब गृहमन्त्रीले मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको महामन्त्रीबाट निलम्बन गरेको छ । रास्वपाले बुधबार ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो ।

निलम्बनमा परेपछि ढकालले स्पष्टीकरणको मौकासमेत नदिइ निलम्बन गरिएको प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमार्फत ढकालले भनेका छन्, ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कसैलाई पनि कारबाही गर्नुअघि स्पष्टीकरणको मौका दिनपर्छ । स्पष्टीकरणको मौका पनि नदिइ कारवाही गरियो ।’

उनले आफूलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको र त्यसको जवाफ दिने तयारी गरिरहँदा पार्टीले आफूलाई त्यसको मौकासमेत नदिइ कारबाही गरेको बताएका छन् ।

उनले पार्टी सभापति रवि लामिछानेप्रति आक्रोश पोखेका छन् । उनले भनेका छन्, ‘बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक–जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।’

यस्तो  छ ढकालको भनाई 

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो- उहाँले देश बनाउनुहुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ।

प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो। मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचेँ- मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो- यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने- त्यही बोलिदिएँ। सोचेँ- कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचेँ- नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फसे। विगत लामो समयदेखि परिचित भएकाले मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो।

पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोलेँ। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ। मलाई शंका लाग्यो- प्रतिवेदनलाई फासफुस गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ।

बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।

अरू पनि भनिदिऔँ- अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाणसहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ।

आज बैठकमै भनिसक्नुभयो- मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्‍यो भने ‘लाइ डिटेक्सन टेस्ट’ दिन पनि तयार छु। पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु। त्यसपछि पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको। मैले लोकतन्त्र मान्नपर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij