२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बितिक्कै सरकार छाड्ने रास्वपाको निर्णय

नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बितिक्कै सरकार छाड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकार छोड्ने निर्णय गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकारबाट बाहिरिने र नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने निर्णय भएको बताए ।

नेकपा एमाले र नेपाली कांग्रसले नयाँ सरकार गठनमा सहमति गरेका छन् । सहमतिअनुसार सुरुमा दुईवर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको बाँकी समय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij