२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

शेयर बजारमा ८ अंकको बृद्धि

शेयर बजारमा ८ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आइतबार नेप्से ८ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै साङ्ग्रीला विकास बैंकको १० करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij