२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

रातो मछिन्द्रनाथको रथ तान्न सुरू

रातो मछिन्द्रनाथको रथ तान्न सुरू

ललितपुरको पुल्चोकमा राखिएको ऐतिहासिक रातो रातो मच्छिन्द्रनाथको रथमा विराजमान रातो मच्छिन्द्रनाथको दर्शन गर्दै भक्तजन स्थानीय दर्शनार्थी। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज शनिबारबाट सुरु हुँदैछ । तस्बिरः माधवप्रसाद घिमिरे / रासस

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरू भएको छ ।
पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र  विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij