काठमाडौं । वर्ल्ड नम्बर १ अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड बाइ साइड र मल्टीडोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।
नेपालमा ग्राहकहरुबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा MSmartHome एपमार्फत वाईफाई कनेक्टिभिटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ । अफिसया घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ ।
इन्भर्टरक्वाट्रो (inverter quattro) मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले ऊर्जाको सही उपयोग र बिजुलीको लागत घटाउँदै खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।
नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ । नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।
साथै नयाँ वर्ष २०८१को अवसरमा माइडिया ब्रान्डको रेफ्रिजेरेटर खरिद गरी हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ ।
माइडिया ब्रान्डका वासिङ मेसिन, वासर ड्रायर, माइक्रो वेभ ओभन, एयरफ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij