२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि

 

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा  दुई हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा  एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै बुधबार  एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने  एक लाख ३५ हजार आठ सय ५०  रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा  १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला  एक हजार छ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij