२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा  एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा  एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

 

पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा  एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले  एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षको नौ महिनाका लागि भन्सार विभागले एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियोे । कार्यालयले लक्ष्यभन्दा  ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ ।

विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए  उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेकोे बताए ।

गत आर्थिक वर्षकोे तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आर्थिक वर्षको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij