२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारलाई पेसी तोकियो, के आउला फैसला ?

सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारलाई पेसी तोकियो, के आउला फैसला ?

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने किशोरीको उमेर खुल्ने कागजात अस्पताल र वडा कार्यालयले पुनः पठाएका छन्। जिल्ला अदालत काठमाडौंले पुनः माग गरेपछि पर्साको नारायणी अस्पताल र नुवाकोटस्थित किशोरीको वडा कार्यालयले पुनः उपलब्ध गराएका हुन्।

बुधबार दुवै कार्यालयबाट किशोरीको जन्मदर्ताको कागजात बुझाएका हुन्। किशोरीले आफू नाबालिग रहेको भन्दै नागरिकता लगायतका कागजात पेश गरेकी छन्।

सन्दीप पक्षले किशोरी नाबालिग नरहेको प्रमाण अदालतमा बुझाएका छन्। सुरुदेखि नै किशोरी नाबालिग हुन् वा होइनन् भन्ने विवाद छ। उनका कागजात समेत फरक परेका छन्। बसाईसराई, जन्मदर्ता, शैक्षिक प्रमाण पत्र, विद्यालयमा भएको अभिलेख, किशोरी जन्मिएको अस्पतालको अभिलेख र नागरिकतामा उमेर बाझिएको छ।

यसपटक पठाएका कागजात भने खोलिएको छैन। अब सिधै इजलासमा खोलिने छ। यसअघि कहिँ किशोरी नाबालिग रहेको जन्ममिति फेला परेको छ भने कहिँ उनी नाबालिग नरहेको प्रमाण फेला परेको छ। जिल्ला अदालत काठमाडौंले यसअघि नै किशोरीका यी प्रमाण संकलन गरिसकेको थियो।

तर ती प्रमाण थप प्रष्ट बुझिने गरी पठाउन न्यायाधीशले आदेश गरेका थिए। सर्वोच्च अदालतले पनि यो मुद्दा छिटो टुंग्याउन जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको थियो।

किशोरीको जन्म मिति २०६१ असार १८ गते कि २०६२ असार १८ गते भन्ने विवाद छ। किशोरीले २०६२ को जन्म मिति रहेको कागजात पेश गरेकी छन्। तर सन्दीप पक्षले २०६१ सालको जन्मका कागजात पेश गरेपछि किशोरीको उमेर विवाद भएको हो।

नाबालिगको हकमा सहमतीमै करणी भए पनि बलात्कार मानिने तर नाबालिग नरहे सहमतीमा भएको करणीलाई बलात्कार नमानिने भएकाले यो मुद्दामा उमेर विवाद पेचिलो बनेको हो।

यसअघि जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउने आदेश दिएको थियो। तर जिल्लाको आदेश उच्च र सर्वोच्चले बदर गरेका थिए। उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै सन्दीप थुनामुक्त भएका थिए।

सर्वोच्चले थप सन्दीपको पक्षमा आदेश गर्यो। उच्चले लगाएको विदेश जान प्रतिवन्ध पनि सर्वोच्चले हटाइदिएको थियो। यस्तै सर्वोच्च अदालतले छिटो टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतबाट विभिन्न बहानामा मुद्दाको पेशी सर्दै आएको छ। आगामी मंगलबारका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij