२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

नेपाली महिला क्रिकेटकी पहिलो कप्तान नेरी थापाद्वारा सन्यासको घोषणा

नेपाली महिला क्रिकेटकी पहिलो कप्तान नेरी थापाद्वारा सन्यासको घोषणा

बाँके । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छिन् । उनले क्रिकेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँकी थापाले झण्डै १७ वर्ष क्रिकेट खेलेकी थिइन् । थापाका प्रशिक्षक दीपेन्द्रप्रताप सिंहले उनले महिला क्रिकेटको माध्यमबाट नेपाललाई चिनाएको बताए । “नेरीले क्रिकेटमा अझै राम्रो गर्नसक्ने सम्भावना थियो”, उनले भने ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले खेलाडीले निश्चित समयमा अवकाश लिनु सामान्य भएको बताए । “आफूले सिकेको सीपलाई नेरीले नयाँ पुस्तालाई हस्तातरण गर्नुपर्छ”, उनले भने ।
खेलकुद पत्रकार एवं क्रिएटिभस् ह्याण्डका संस्थापक अध्यक्ष टिएस ठकुरीले नेपालको महिला क्रिकेटमा नेरीको महत्वपूर्ण योगदान रहेको बताए ।
सन् २००७ मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइलैण्डविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दा नेरी नेपाली टोलीको कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले सन् २००८ र सन् २०१० मा एसिसी यु–१९ वुमन च्याम्पिएनसीपको उपाधि जितेको थियो । पछिल्लो समय नेरीले एपिएफ क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij