२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सुन तस्करीबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

सुन तस्करीबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष डिल्लीराज आचार्य नेतृत्वको आयोगले ४८५ पृष्ठ लामो प्रतिवेदन बुभाएको आयोगका आध्यक्ष आर्चायले जानकारी दिएका छन् ।

हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो । आयोगले सुन तस्करीबारे ६० जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो । अनुसन्धानको क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिहरूलाई मुद्दा नचलाएर त्रुटि गर्नेहरूलाई विभागीय कारबाहीको सिफारिस गरेको आचार्यले जानकारी दिए ।

त्यस्तै सीडीआर र डीएफएलमा कनेक्सन देखिएका व्यक्तिहरूको नाम अभिलेखीकरण गरिएको उनले बताए । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सुझाव र तस्करी नियन्त्रण गर्न चाल्नुपर्ने कदममा आफ्नो विशेष ध्यान गएको बताए ।

उनले कमजोरी गर्ने व्यक्तिहरूलाई कारबाही गर्ने कुरामा निर्धक्क हुन आग्रह गरे । गत असोज १४ गते सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij