२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए । उनले उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ५०, कुशल मल्लले ११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो। नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नेपालका करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij