२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न माग गरेका छन् । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरि भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेपछि बर्तौलाले उनलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

उनले भनेका छन्, ‘एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण उक्त दुःखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाइ एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन । तत्काल उहाँलाइ मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ ।’

उनले मन्त्रीलाई उन्मुक्ति दिने कार्य स्वीकार्य नहुने बताएका छन् । उनले भनेका छन्,’यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन । त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ । हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ ।’

कोरियाली भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा दुई युवकले ज्यान गुमाएका थिए । शुक्रबार उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij