२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नबिल बैंक : नेपाली वाणिज्य बैंकहरुमा सधैं उदाहरणीय र अब्बल

नबिल बैंक : नेपाली वाणिज्य बैंकहरुमा सधैं उदाहरणीय र अब्बल

काठमाडौं । देशमा रहेका वाणिज्य बैंकहरुमध्ये ग्राहकहरुलाई प्रदान गर्ने गुणस्तरीय र आधुनिक सेवाका साथै आफ्ना शेयरधनी सदस्यहरुलाई प्रदान गरिने लाभांश वितरणमा नबिल बैंकले आफूलाई एक अब्बल बैंकका   रुपमा उपस्थिति दर्शाउँदै आएको छ ।

बैंकिङ क्षेत्रमा लामो इतिहास र अनुभव हासिल गरेको नबिल बैंक बैंकिङ सक्रियता र कार्यप्रणालीका हिसाबमा समेत अघि छ । उदाहरणका लागि, एक साता अघिमात्रै नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना सार्वजनिक गर्यो ।

कुनै बैकले नयाँ नयाँ कर्जा र बचतका योजना सार्वजनिक गर्नु आफैंमा एक सामान्य विषय हो, औपचारिकता हो तर नबिलका हकमा भने फरक देखियो । कारण यो कर्जा योजना, विदेशबाट केही गर्ने सपना बोकेर नेपाल फर्किएका युवाहरूलाई लक्षित गर्दै ल्याइएको कर्जा योजना हो । विदेशबाट केही गर्ने सपना बोकेर फर्किएका व्यक्तिहरूका लागि कर्जा मात्र नभएर आवश्यकीय काउन्सिलिङ पनि बैंकले दिने बताएको छ ।

देशमै केही गर्छु, पसिना देशमै बगाउँछु भनेर सपना सजाउनेहरुलाई कर्जा मात्र नभई आवश्यक सल्लाह, सुझावसहित काउन्सिलिङ पनि दिएर उनीहरुको सपना साकार पार्न नबिल बैंक क्रियाशील रहने दाबी गरिएको छ ।

विदेशबाट सीप सिकेर नेपाल फर्किएका व्यक्तिहरूका लागि यो कर्जा उपयुक्त हुने बैंकले जानकारी दिएको छ । ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत हुनेगरि बैंकले आफ्नो कर्जा योजनालाई अघि बढाएको हो । बैंकले माघ दोस्रो साताबाट सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको सीमा १० करोडसम्मको छ। कर्जा अवधि १० वर्षसम्मको रहनेछ ।

अरु बैंकले दिदैं आएका कर्जाका सबै योजनाहरुलाई गुणस्तरीय बैंकिङ सेवाका साथ प्रदान गर्दे आएको नबिलले यी र यस्ता समाज र देशका जनशक्तिसँग प्रत्यक्ष सरोकार राख्ने उद्यमशीलतासँग सम्बन्धित विभिन्न कर्जाका योजनाहरु संचालन गर्दे आएको छ ।

यो त एउटा उदाहरण भयो, नबिल बैंकले आफूलाई सधैं फरक र सबल बैंकका रुपमा प्रस्तुत हुँदै आएको छ ।

शेयरधनी सदस्यको रोजाइमा नबिल बैंक, नेप्सेको ‘हिरो’ बैंक

आजको मितिमा पनि नबिल बैंक नेप्सेको हिरो हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएका कम्पनीहरुमध्ये बजार पुँजीकरणको आधारमा बैंकहरुमध्ये एक नम्बर बैंक, नबिल बैंक हो ।

बजार पुँजीकरणको आधारमा नेप्सेको सबैभन्दा दोस्रो ठूलो कम्पनी नै नबिल हो । १ खर्ब २८ करोड पुँजीकरण सहित नबिल बैंक दोस्रो ठूलो कम्पनीका रुपमा उपस्थित छ । शेयरमूल्यका हिसाबमा पनि नबिल सधैं नम्बर वन बैंक नै हो ।

शेयरधनी सदस्यहरुलाई दिने लाभांशको कुरा गर्दा, नबिलले आफूलाई सधैं प्रमाणित गर्दै आएको छ ।

नबिल बैंकको लाभांश इतिहास : हिजो र आज

बैंकको लाभांश भन्नेसाथ नाम आउने बैंकका रुपमा नबिलले आफूलाई दर्ज गराइसकेको छ । त्यसको प्रमाण अन्य बैंकको तुलनामा नबिल बैंकको उच्च शेयरमूल्य हो । पछिल्लोे दशककै मात्र तथ्यांक लिने हो भने पनि, नबिल बैंकको लाभांश इतिहास कति मजबुत छ भन्ने बुझ्न सकिन्छ । तथ्यांक नै केलाउने हो भने आर्थिक वर्ष २०७१/०७२ मा नबिलले ४५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनश शेयर दियो । अर्को, आर्थिक आर्थिक वर्ष २०७२/०७३ मा नबिलले ६.८४ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनश शेयर दियो । आर्थिक वर्ष २०७३/०७४ मा नबिलले १५ प्रतिशत नगद लाभांश दिंदा ३० प्रतिशत बोनश शेयर दियो ।

उच्च अंकको नगद लाभांश र बोनश शेयर दिने क्रम नबिलले जारी राख्यो आर्थिक वर्ष २०७४/ ०७५ मा  नबिलले ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश दियो । आर्थिक वर्ष २०७५/०७६ मा नबिलले २२ प्रतिशत नगद लाभांश दिंदा १२ प्रतिशत बोनश शेयर दियो ।

अर्को आर्थिक आर्थिक वर्ष २०७६/०७७ मा नबिलले अघिल्लो आर्थिक वर्षकै झै २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनश शेयर दियो । आर्थिक वर्ष २०७७/०७८ मा नगद र बोनश गरि ३५.२६ कुल लाभांश दिएको नबिलले आर्थिक वर्ष २०७८/०७९ मा कुल लाभांश ३८ प्रतिशत दिन सफल भयो । आर्थिक वर्ष २०७९/०८० मा नगद र बोनश गरि ३० कुल लाभांश दिएको नबिलले आर्थिक वर्ष २०८०/०८१ मा ११ प्रतिशत नगद लाभांश दिन सफल भयो ।

यसरी हेर्दा, नबिल बैंकको लाभांश वितरण अन्य बैंकका लागि प्रतिस्पर्धाको आब्हान मात्र होइन, उदाहरणीय रहेको देखिन्छ । यस आर्थिक बर्षमा पनि गुणस्तरीय र आधुनिक बैंकिङ मा जोड दिदंै ग्राहकको मन जित्दै नबिलका पाइलाहरुले फड्को मारेकै देखिन्छ ।

उदाहरणका लागि, चालु आर्थिक वर्षको पहिलो तीन महिनामै बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाइसक्यो । पहिलो ६ महिनाको रिर्पोर्टले पनि नबिललाई सबल नै देखाउने वित्तिय सूचकहरु छन् ।

नियामक निकायको लक्ष्यलाई आत्मसात गर्ने बैंक

नबिल बैंक नियामक निकायको निर्देशन सधैं हुबहु कार्यान्वयन गर्ने बैंक मात्र होइन, यसले नियामक निकायको लक्ष्य समेत पूरा गर्न सहयोग गर्छ । नियामक निकायको इकोनोमिक मोडालिटिलाई सहयोग गर्छ ।

उदाहरणका लागि, वित्तिय तथ्यांक अनुसार नबिलले अन्य कुनै बैंक वित्तिय संस्थालाई मर्जर गर्नुपर्ने आवश्यकता नै थिएन । तर, नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था घटाउने अभियानलाई सहयोग गर्न नबिलले एक वाणिज्य बैंक र एक फाइनान्स कम्पनी मर्ज गर्यो ।

नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स नबिल बैंकमा गाभिएका संस्थाहरु हुन् । यी संस्थाहरु र नबिलको काम गर्ने तरिका र प्रणालीमा एकतरुपता ल्याउन कठिन नै थियो तर नबिलको व्यवस्थापन मर्जरका निम्ति तयार थियो किनकि नियामक निकायको लक्ष्य, नबिलले आफ्नो लक्ष्य बनायो ।

ग्राहकहरुको रोजाइको बैंक

पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुबीच प्रतिस्पर्धा बढेता पनि ग्राहकहरुको रोजाइमा नबिल बैंक पर्न सफल भएको देखिन्छ । नेपाली बैंकिङ जगतमा भित्रिएका प्राय सबै प्रकारका सेवा सुविधाहरु लन्ज गर्न सफल भएकै कारण ग्राहकहरुको रोजाइमा पर्न सफल छ, नबिल बैंक । उदाहरणका लागि, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मा नबिल पायोनियर बैंक हो ।

नबिलमा बाल बचत, नारी बचत जस्ता बचतका स्किमहरु मात्रै छैनन्, नबिल ढुक्क बचत खाता, नबिल सहुलियत खाता जस्ता फरक फरक विशेषताहरु सहितका बचतका खाताहरुले ग्राहकको विश्वास विश्वास जितेको छ ।

छिटो, छरितो र ग्राहकहरु लक्षित गुणस्तरीय र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दे देशको नम्बर वन बैंक बनिरहने लक्ष्य र कार्यनीतिमा समर्पित छ, नबिल बैंक लिमिटेड ।

आगामी दिनको नेपाली बैंकिङमा नबिलले कुन स्थान हासिल गर्ला, आफूलाई कसरी अघि बढाउन सफल होला, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij