२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ७० प्रतिशत बजेट सुनिश्चितता गर्ने बागमती सरकारको आश्वासन

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ७० प्रतिशत बजेट सुनिश्चितता गर्ने बागमती सरकारको आश्वासन

 

चितवन ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका हुन् ।

रङ्गशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने  प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने उनले बताए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई पनि उनले रङ्गशालामा बजेट पार्ने विश्वास दिलाए । देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भने, “रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले रङ्गशाला निर्माणमा प्राप्त आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका– १५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा रङ्गशाला निर्माणस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij