२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

एनआरटीलाई इलाम गोल्डकपको उपाधि

एनआरटीलाई इलाम गोल्डकपको उपाधि

इलाम ।  इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम  (एनआरटी)ले चुमेको छ । शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । प्रतियोगितामा विर्तामोड युनाइटेड झापा उपविजेता भएको छ ।

विर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए । एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टर फाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । विर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

विजेताले नगद  पाँच लाख र उपविजेताले  तीन लाख पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापालगायतका अतिथिले वितरण गरेका छन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु पाँच हजार पुरस्कार वितरण गरिएको छ । गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij