२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

एसिया कपमा मलेसियाविरुद्ध बहराइनको जित

एसिया कपमा मलेसियाविरुद्ध बहराइनको जित

काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई’ मा रहेको बहराइनले गएराति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा गोल गर्दै जित निकालको हो । बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अंक दिलाउन सफल भयो । यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४–४ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ । आगामी बिहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ । जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij