२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सुर्खेतमा छोराको हत्या गरी फरार भएका बाबु कैलालीबाट पक्राउ

सुर्खेतमा छोराको हत्या गरी फरार भएका बाबु कैलालीबाट पक्राउ

कर्णाली । गत सोमबार पश्चिम सुर्खेतको बाबियाचौरमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बाबु पक्राउ परेका हुन् । बाबुले आफ्नै बहिनीको बलात्कार गरेको भन्दै आफू विरुद्व छोराले प्रहरीमा जाहेरी दिएपछि गत सोमबार छोराको हत्या गरी फरार रहेका बाबु नयाँराम बुढा पक्राउ परेका हुन् ।

फरार रहेका बुढालाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका वरिष्ठ सई नारायण शर्मा र जिल्ला प्रह्री कार्यालय सुर्खेतबाट खटिएका सादा पोसाकका प्रहरी टिकारम आचार्य तथा नविन योगीको टीलीले बिहीबार कैलालीको लम्कीपुरबाट प्रक्राउ गरेको हो ।

प्रकाउ परेका बुढाले छोराको हत्या गरेको स्वीकार गरेका छन् । टिकापुरबाट पक्राउ परेका बुढालाई आजै जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij