काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको पानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ । विज्ञप्ति जारी गरी मनत्रालयले मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।
मन्त्रालयले भनेको छ, ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।’
मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij