२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

रुसी सेनामा कार्यरत लमजुङका युवकको मृत्यु

रुसी सेनामा कार्यरत लमजुङका युवकको मृत्यु

काठमाडौं । रुस–युक्रेन युद्धमा परी थप एक नेपालीको मृत्यु भएको छ । युद्धमा परी लमजुङका वाईसीएल नेता साजन गुरुङको मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार अटलले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । गुरुङका लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष हुन् ।

सुनारले लेखेका छन्, ‘लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नम्बर १ निवासी हाम्रो पार्टी नेकपा( माओवादी केन्द्र ) जिल्ला समन्वय समिति लमजुङको सदस्य क. श्रीमान गुरुङ्को जेठा छोरा एवं वाइसिएल नेपाल दुधपोखरी गाउपालिकाका अध्यक्ष क.साजन गुरूङ को वैदेशि रोजगारीको सिलसिलामा रसिया युक्रेनको लडाइँमा भएको असमायिक निधन खबरले स्तब्ध भएको छु । पार्टीले एक सक्षम,कर्मठ, र उर्जावान जुझारु युवा गुमाएको छ।’

गुरुङसहित रुस युक्रेन युद्धमा परी मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । यसअघि रुसी सेनामा भर्ना भएका ११ नेपालीको मृत्यु भएको खबर आएको थियो । त्यस्तै चार नेपाली युक्रेनी सेनाको कब्जामा छन् । रुसी सेनामा दुई सय भन्दा बढी नेपाली भर्ना भएका खबर आएको सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij