२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

१४ महिनालाई वस्तु आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चिति

१४ महिनालाई वस्तु आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार चालु बर्षको पहिलो पाँच महिनाको तथ्यांका सार्वजनिक गरेको हो ।

गतवर्षभन्दा यो २७.६ प्रतिशतले बढी हो । त्यस्तै मंसिरसम्म बचत एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर बचत पनि २ खर्ब १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो ११ अर्ब ७१ करोड हो र अहिले भएको सञ्चितिले १४.१ महिनाको वस्तु र ११.८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij