२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

अन्ततः राष्ट्रिय क्रिकेट टिमबाट बिदा भए सन्दीप लामिछाने

अन्ततः राष्ट्रिय क्रिकेट टिमबाट बिदा भए सन्दीप लामिछाने

काठमाडौं । बलात्कार अभियोगमा दोषी करार भई जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय तोकिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिम छाडेको घोषणा गरेका छन् । जिल्ला अदालतको फैसलाविरुद्ध आफू माथिल्लो अदालतमा जाने भएपनि तत्कालका लागि राष्ट्रिय क्रिकेट टिममा नरहने जानकारी सन्दीपले नेपाल क्रिकेट संघलाई गराएका छन् । उनले माथिल्लो अदालतबाट सफाई पाएमा क्रिकेटमा फर्कने अपेक्षा गरेको उल्लेख गरेका छन् । क्यानलाई सन्दीपले लेखेको पत्रमा कम खेलमा १ सय विकेट लिने कीर्तिमान कायम गर्न सकेकोमा सन्तोष व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij