२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सन्दीपलाई आठ वर्ष कैद सजाय

सन्दीपलाई आठ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

अदालतले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो । करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो ।

यसअघि अदातले पीडितलाई बालिग ठहर गरेको थियो। गौशाला २६ लाई परेको मानसिक असरलाईसमेत ख्याल गर्दै २ लाख क्षतिपूर्ति भराउने आदेश भएको हो । पुस १३ गते इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो।

सजाय निर्धारणका लागि आज इजलास बसेको थियो । लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो।

पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो । २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij