२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

भारतीय लगानीमा मात्रै उत्पादन गरेको बिजुली बिक्री गर्ने भनेर कुनै सम्झौता भएको छैनः प्रधानमन्त्री

भारतीय लगानीमा मात्रै उत्पादन गरेको बिजुली बिक्री गर्ने भनेर कुनै सम्झौता भएको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय लगानीमा मात्रै उत्पादन गरेको बिजुली बिक्री गर्ने भनेर कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । बुधबार संसदको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक प्रधानमन्त्रीले दुई देशबीच दीर्घकालीन विदयुत व्यापार परियोजनामा हस्ताक्षर भएपछि अनेक टिकाटिप्पणी गरेको भन्दै यसमा ढुक्क हुन आग्रह गरे ।

उनले भने,‘यहाँ कतिपयलाई लागेको छ कि भारतीयले बनाएका परियोजनाले मात्रै बिजुली लैजाने भनेको हो कि । यसमा कुनै सहमति र कुनै सम्झौता नेपालले गरेको छै । नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्र सबैलाई छ। भारतलाई पनि छ । अरुलाई पनि छ।’

उनले चिनियाँ ठेकेदारले बनाएका आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको जानकारी दिए । आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनाबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको बताए ।

प्रधानमन्त्रीले नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौताले दु्ई देशमा दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको बताए। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालबाट आगामी १० वर्षमा भारतले १० हजार मेघावट बिजुली किन्ने सम्झौता भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरको पुस १९ गते नेपाल भ्रमणका क्रममा दुई देशका प्रतिनिधिहरुबीच सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij