२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

म्यानचेस्टर युनाइटेडद्वारा एथलेटिक २–० गोल अन्तरले पराजित

म्यानचेस्टर युनाइटेडद्वारा एथलेटिक २–० गोल अन्तरले पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा विगन एथलेटिकलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो ।

युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए । २२ औं मिनेटमा युनाइटका मार्कस रासफोर्डको पासमा डिलोटले गोल गर्दै अग्रता दिलाए ।

७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा युनाइटेडले राखे पनि दोस्रो गोल गर्न भने ७४ औं मिनेट कुर्नु परेको थियो । विगन एथलेटिकका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टीमा युनाइटेडका फर्नान्डेजले गोल गर्दै २–० को जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij