२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री दाहाललाई उनीहरुले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताएका थिए । प्रधानमन्त्री दाहालले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij