काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जाने सांसद तथा अन्य व्यक्तिले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सांसद कार्कीले कोपमा सहभागी हुन दर्जनौँ व्यक्ति व्यक्तिगत खर्चमा वा विभिन्न संस्थाको प्रायोजनमा पुग्ने गरेको उल्लेख गरेका छन् । वातावरणका विद्यार्थीका लागि कोपमा प्रत्यक्ष सहभागी भएर हेर्न र सिक्न पाउनु महत्वपूर्ण अवसर भए पनि व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने उनको भनाइ छ ।
‘व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन,’ उनले लेखेका छन् । निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिले पनि कोपका गतिविधिबारे अन्य माध्यमबाट जानकारी लिन सक्ने उनले बताएका छन् ।
यसपटक पनि कोपमा सहभागी हुन जानेहरूको संख्या उल्लेख्य रहेको भन्दै कार्कीले वातावरण विषयका विद्यार्थी र सांसदसमेत टर्की पुगिरहेको तथा पुग्ने क्रममा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘कोपमा जानेहरू दर्जनौँ हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन् । हामी वातावरणका विद्यार्थीहरु कोपकाबारेमा यति धेरै पढ्छौँ कि एकपल्ट गएर हेरौँ भन्ने चैं हुन्छ । देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइदैन । अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजादैमा देख्न र बुझ्न नपाइने होइन । सँधै झै यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरु कोपका लागि टर्की पुगेको, पुग्दै गरेको देख्छु । जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् । गर्नैपर्छ ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij