काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको विराटनगरले बलिङको निम्तो पाएको छ ।
विराटनगर र पोखरा दुवै टोलीको यो छैटौं खेल हो। पोखराले ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। त्यस्तै, विराटनगरले ५ खेलमा ३ हार र २ जित दर्ता गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij