विराटनगर । मोरङको जहदा गाउँपालिका २ मोहनपुरमा रड प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । गएराति करिव ९ बजे बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनलाई उनकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारत बिहारका २७ वर्षीय सुनिल मिश्र मिलेर टाउकोमा रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।’
घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनामा प्रयोग भएको रड सहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो । घटनापछि फरार रहेकी कमली बास्केलाई आज बिहान करिव साढे सात बजे खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij