काठमाडौँ । हिन्दू धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आइतबार लक्ष्मीपूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ । लक्ष्मीपूजाको अवसरमा काठमाडौँ उपत्यका झिलिमिली बनेको ।
धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा–आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्ज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन् ।
लक्ष्मीको स्वागतका निम्ति घरआँगनमा दीपावली गर्नुका साथै रंगोली बनाउने, लक्ष्मीको पाइला अंकित गर्ने र घरलाई फूलमालाले सजाउने गरिएको छ । साँझ परेसँगै उपत्यकाका सडक, बजार र बस्तीहरूमा बालिएका बत्तीले तिहारको रौनक थपिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij