२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

भोटेकोसी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक

भोटेकोसी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक

काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रसुवाका १ हजार ५८३ जना बेपत्ता छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता व्यक्तिको विवरण पनि सार्वजनिक गरिएको छ ।

यसैगरी सात देशका १७१ विदेशी नागरिकको बेपत्ता सूचीसमेत सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । बेपत्ता व्यक्तिको विस्तृत विवरण प्राधिकरणको वेबसाइटमा उपलब्ध छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।

स्वदेशी नागरिकको सूची सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तयार पारिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बेपत्ता विदेशी नागरिकको विवरण सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त भएको आधारमा सार्वजनिक गरिएको हो ।

३२ जिल्लाबाहेकका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि तथा विदेशी नागरिकको थप विवरण सम्बन्धित नियोगबाट आएपछि पुनः सूची सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij