२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

नेता–कार्यकर्तालाई विधिको पालना गर्न रविको निर्देशन

नेता–कार्यकर्तालाई विधिको पालना गर्न रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मतदाता वा सदस्य भएकै आधारमा कसैलाई पनि गलत काम गर्ने छुट नभएको बताएका छन् ।

निर्वाचन क्षेत्र भ्रमणका क्रममा शुक्रबार चितवनको इच्छाकामनामा कार्यकर्ताहरुसँगको भेटमा सभापति लामिछानेले सबैले विधिको पालना गर्नुपर्ने बताएका हुन् । उनले आफ्ना नेता तथा समर्थकलाई जे गरे पनि छुट नहुने बताए ।

उनले भने, ‘ हाम्रा कारणले, हाम्रो भोटर भएका कारणले, हाम्रो पार्टीको सदस्य भएका कारणले उसले जे गरे पनि छुट हुन्छ भन्ने होइन । पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन । हामी विधिमा विश्वास गर्छौँ। सबै संस्था र राज्यका निकायहरूले विधिको पालना गर्नसकून् र त्यसलाई अझ बढी अभ्यासमा ल्याउन सकून् भनेर हामी काम गरिरहेका छौँ।’

उनले अहिले आफ्नो ठूलो जिम्मेवारमा भएकाले लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा आउन नपाएको बताए । उनले पार्टीको संरचनालाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij