२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

एनपीएलमा ८९ लाखको अनलाइन सट्टेबाजी, भारतीय नागरिक पक्राउ

एनपीएलमा ८९ लाखको अनलाइन सट्टेबाजी, भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहारका ३२ वर्षीय सोनु कुमार सिन्हालाई पक्राउ गरेको हो । उनी काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका क्रममा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सिन्हाको साथबाट बरामद गरिएका दुईवटा मोबाइल फोन जाँच गर्दा उनले विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्ने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij