काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । सुरुमा ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा १२९ रन बनाएको हो । चितवनका लागि सर्वाधिक ४९ रन बनाएका रबि बोपारा अर्धशतक बनाउन एक रनले चुके ।
४० बलको सामना गर्दा उनले दुई छक्का र तीन चौकाको मद्दतमा ४९ रन बनाएका हुन् । उसका लागि विवेक यादवले १७, डेबिड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले समान १५–१५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ओपनर देव खनाल ७ रनमा आउट हुँदा टोम टेलर ६ बलमा ६ रन बनाएर नटआउट रहे । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १–१ विकेट लिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij