काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल मध्यान्ह १२ः३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ । पहिलो खेलमा कर्णाली लगातार तेस्रो जितको खोजी हुनेछ भने काठमाडौं पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । त्यस्तै दोस्रो खेलमा चितवन र सुदूरपश्चिम भिड्नेछन् ।
दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । हाल चितवन २ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ भने एक खेल बढि खेलेको सुदूरपश्चिम २ अंकको साथ छैटौँ स्थानमा रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij