काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।
वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सकिने अवस्था नरहेको कार्यालयका सूचना अधिकारी रविन विष्टले जनाकारी दिए । उनले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij