२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

आधारहीन समाचारको भ्रममा नपर्न प्रधानन्यायाधीश शर्माको आग्रह

आधारहीन समाचारको भ्रममा नपर्न प्रधानन्यायाधीश शर्माको आग्रह

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर सञ्चारमाध्यममा प्रकाशित समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन्।

बिहीबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधी शर्माले दियो पोस्ट अनलाइनलगायतका सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुसः फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै आफू उक्त प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका हुन्।

उनले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्। ती व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्कसमेत नरहेको तथा उनीहरूलाई कहिल्यै नभेटेको उनको दाबी छ।

समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्थामा आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिनु भ्रामक भएको उनले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्दछु ।’ प्रधानन्यायाधीश शर्माले उक्त समाचारको भ्रममा नपर्न आमजनसमुदायलाई आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij