काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन् । उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिँदैछ । पोखरा भने प्रतियोगितामा पहिलो खेल खेल्दैछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij