२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

एनपीएल : पहिलो जितको खोजीमा पोखरा, पुनरागमनको लक्ष्यमा सुदूरपश्चिम

एनपीएल : पहिलो जितको खोजीमा पोखरा, पुनरागमनको लक्ष्यमा सुदूरपश्चिम

default

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  बेलुकी ५ बजे खेल शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । उद्धाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिम आजको खेलमा पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा ब्याटिङ चल्न नसक्दा सुदूरपश्चिम ८७ रनमा अलआउट भएको थियो ।

यता पोखरा भने जितसहित लिगको शुरुवात गर्न चाहन्छ । पहिलो दुई संस्करणमा प्लेअफसँगको यात्रा तय गर्न नसकेको पोखरा यसपटक इतिहास बदल्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij