२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

ह्यासलेटको आर्थिक विकास समितिमा डा. कपिल अधिकारी नियुक्त

ह्यासलेटको आर्थिक विकास समितिमा डा. कपिल अधिकारी नियुक्त

टेक्सस, अमेरिका — नेपाली मूलका अमेरिकी डा. कपिल अधिकारी टेक्सस राज्यको ह्यासलेट सिटीको आर्थिक विकास समितिको निर्देशकमा नियुक्त भएका छन्। अधिकारी समितिको कोषाध्यक्षमा समेत चयन भएका छन्।

सहरको आर्थिक विकाससँग सम्बन्धित योजना अघि बढाउन भूमिका खेल्ने समितिमा अधिकारीले दोहोरो जिम्मेवारी पाएका हुन्। उनी बैंकिङ क्षेत्रका साथै प्राध्यापनमा पनि संलग्न छन्।

फोर्टवर्थनजिक रहेको ह्यासलेटमा पछिल्लो समय नेपाली समुदायको बसोबास बढ्दै गएको छ। घर खरिद गरेर स्थायी बसोबास गर्न चाहने नेपालीहरूको रोजाइमा पर्दै आएको यस सहरको आर्थिक विकाससम्बन्धी निकायमा अधिकारीको नियुक्ति भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij