२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

आजदेखि एनपीएलको तेस्रो संस्करण

आजदेखि एनपीएलको तेस्रो संस्करण

काठमाडौँ । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।

तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
त्यस्तै उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता शुरु हुन लागेसँगै नेपाली क्रिकेटप्रेमीको ध्यान कीर्तिपुरमा केन्द्रित छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट मान्यता, विदेशी खेलाडीको सहभागिता, फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धा, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ । तेस्रो संस्करणको एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij