२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस केन्द्रीय सदस्यमा विज्ञान प्रसाईं, अघि सारे पाँच प्रतिबद्धता

कांग्रेस केन्द्रीय सदस्यमा विज्ञान प्रसाईं, अघि सारे पाँच प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (पेशागत तथा विषय विज्ञ क्लस्टर) पदमा विज्ञान प्रसाईंले उम्मेदवारी घोषणा गरेका छन्।
वित्त नीति तथा रिटर्नी समन्वयका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका प्रसाईंले आफूलाई व्यावसायिक दक्षता र नीतिगत अनुभवसहितको उम्मेदवारका रूपमा अघि सारेका छन्।

पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका प्रसाईंले सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्। उनले SOAS University of London बाट Public Policy मा MSc गरेका हुन्।

प्रसाईं नेपाली कांग्रेसभित्र विभिन्न जिम्मेवारीमा समेत सक्रिय रहँदै आएका छन्। उनी केन्द्रीय समितिको जनसम्पर्क समिति विभागका पूर्व सदस्य, रिटर्नी समन्वय विभागका पूर्व सदस्य तथा केन्द्रीय नीति प्रतिष्ठानका सदस्य रहिसकेका छन्। त्यस्तै, नीति प्रतिष्ठानको रिटर्नी उपसमितिको संयोजक र नेपाली जनसम्पर्क समिति यूकेका पूर्व संयोजकका रूपमा समेत उनले जिम्मेवारी सम्हालेका छन्। यसअघि १४औँ महाधिवेशनमा उनी महासमिति सदस्यसमेत रहेका थिए।


प्रसाईंले आफ्नो उम्मेदवारीसँगै रिटर्नी जनशक्तिको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने एजेन्डा अघि सारेका छन्। उनले अनुसन्धानमा आधारित तथा समावेशी नीति निर्माण, पेशागत संस्थाहरूको सुदृढीकरण, आर्थिक पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन तथा युवालाई अवसरसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेका छन्।

उनको उम्मेदवारी पेशागत तथा विषय विज्ञ क्लस्टरबाट रहेको छ। हालै सम्पन्न नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।

प्रसाईंले कांग्रेसको नीति निर्माण प्रक्रियामा पेशागत दक्षता, अन्तर्राष्ट्रिय अनुभव र रिटर्नी जनशक्तिको ज्ञानलाई प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका पाँचबुँदे प्रतिबद्धतामा रिटर्नीको ज्ञान र सीपलाई राष्ट्रिय विकासमा उपयोग गर्ने, अनुसन्धानमुखी नीति निर्माणलाई प्राथमिकता दिने, पेशागत संघसंस्थालाई सुदृढ बनाउने, आर्थिक पारदर्शिता तथा सुशासन प्रवर्द्धन गर्ने र युवालाई अवसरसँग जोड्ने विषय समेटिएका छन्।

यससँगै प्रसाईंले आफूले हासिल गरेको व्यावसायिक अनुभव र नीतिगत ज्ञानलाई पार्टीको नीति निर्माण तथा संगठनात्मक भूमिकामा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij