२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेपाली मूलकी रिकुश्ना कार्की बनिन् Miss Bharat Texas 2026 की विजेता

नेपाली मूलकी रिकुश्ना कार्की बनिन् Miss Bharat Texas 2026 की विजेता

 अमेरिकाको ह्युस्टन, टेक्सासमा आइतबार सम्पन्न भएको Miss Bharat Texas 2026 प्रतियोगितामा नेपाली मूलकी रीकुष्णा कार्की विजेता बन्न सफल भएकी छन्।

आफ्नो आत्मविश्वास, प्रतिभा र उत्कृष्ट प्रस्तुतिका साथ प्रतियोगितामा सहभागी भएकी कार्कीले विभिन्न चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायकहरूको मन जित्न सफल भइन् र विजेताको ताज पहिरिन सफल भएकी हुन्।

प्रतियोगिताका क्रममा कार्कीले आफ्नो व्यक्तित्व, प्रस्तुति, प्रतिभा तथा सामाजिक चेतनासम्बन्धी विषयमा प्रभावशाली प्रदर्शन गरेकी थिइन्। उनको आत्मविश्वास, मेहनत र क्षमताले उनलाई अन्य प्रतिस्पर्धीभन्दा अगाडि पुर्‍याएको थियो।

यसै क्रममा उनले Miss Talent तथा Miss International विधामा समेत उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएकी छन्। विभिन्न विधामा प्राप्त गरेको सफलताले उनको प्रतिभा र बहुआयामिक क्षमतालाई थप उजागर गरेको छ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै अमेरिकाको मञ्चमा आफ्नो पहिचान स्थापित गर्न सफल भएकी कार्कीको यो उपलब्धिले टेक्सासमा रहेका नेपालीहरूमा खुशी र गर्वको वातावरण सिर्जना गरेको छ।

उनको सफलताले अमेरिकामा रहेका नेपाली युवाहरूलाई पनि आफ्नो प्रतिभा, आत्मविश्वास र क्षमतामार्फत अगाडि बढ्न प्रेरणा दिएको छ।

परिवार, शुभेच्छुक तथा नेपाली समुदायले रीकुष्णा कार्कीलाई हार्दिक बधाई दिँदै आगामी यात्राका लागि अझ ठूलो सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij