२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

अमेरिकी रियलस्टेट क्षेत्रमा नेपाली जितमान बस्नेतको सफलता

अमेरिकी रियलस्टेट क्षेत्रमा नेपाली जितमान बस्नेतको सफलता

अस्टिन, टेक्सास: अमेरिकाको रियलस्टेट क्षेत्रमा नेपाली मूलका जितमान बस्नेतले उल्लेखनीय सफलता हासिल गरेका छन्। नर्थ क्यारोलिनामा कार्यरत बस्नेतले घरजग्गा कारोबार क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका छन्।

हालै टेक्सासको ड्यालसमा आयोजित एक समारोहमा उनलाई ‘युनाइटेड इस्टेट इलाइट अवार्ड’ प्रदान गरिएको थियो। उक्त सम्मान प्राप्त गर्ने उनी पहिलो नेपाली बनेका छन्। अमेरिकाभरका हजारौं रियल्टरमध्येबाट छनोट भई उनले यो उपलब्धि हासिल गरेका हुन्।

विगत चार वर्षदेखि नर्थ क्यारोलिनामा उत्कृष्ट रियल्टरका रूपमा सम्मानित हुँदै आएका बस्नेतले हालसम्म ४५० भन्दा बढी घर किनबेचमा सहजीकरण गरिसकेका छन्। ग्राहकको विश्वास, निरन्तर मेहनत र व्यावसायिक प्रतिबद्धताले उनलाई यहाँको नेपाली समुदायमाझ भरपर्दो रियल्टरका रूपमा स्थापित गरेको छ।

नर्थ क्यारोलिना नेपालीहरूको आकर्षक गन्तव्य बन्दै गइरहेका बेला घर खरिद–बिक्रीसम्बन्धी परामर्शका लागि धेरै नेपालीहरूको रोजाइमा बस्नेत पर्ने गरेका छन्। विभिन्न राज्यबाट नर्थ क्यारोलिना सर्ने नेपालीहरूले घर खरिद गर्दा उनको सल्लाह र सेवामाथि विश्वास गर्ने गरेका छन्।

रियलस्टेट क्षेत्रमा हासिल गरेको सफलता र समुदायमा निर्माण गरेको विश्वासका कारण बस्नेत अमेरिकामा रहेका नेपाली समुदायका सफल व्यवसायीमध्ये एकका रूपमा परिचित बन्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij